शुक्रबार, वैशाख ४, २०८३

आर्सनलको लगातार दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी - इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा बर्निललाई २-१ गोलले पराजित गर्दै आर्सनलले लिगमा लगातार दोस्रो जित निकालेको हो । 

आर्सनलको जितका लागि एलेक्सजान्दर लाकाजेट र एमिरिक अउबामेयाङले एक एक गोल गर्दा बर्निलका लागि एसल्य बर्नेसले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा लाकाजेटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले डानी सेबालोसको पासमा गोल गरेका हुन् । 

तर, पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा बनिलका लागि बर्नेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहलो हाफको इन्जिुरी समयमा आर्सनलले गोल गरे पनि अफसाईड कारण रेफ्रीले मान्यता नदिदा खेल पहिलो हाफमा बराबरीमा सकिएको थियो । 

दोस्रो हाफमा घरेलु टोलीले थप एक गोल गर्ने क्रममा एमिरिकले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए । एमिरिकले पनि डानी सेबालोसको पासमा गोल गरेका थिए । डानी यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा आर्सनल पुगेका थिए । यसजिसँगै आर्सनलले दुई खेलमा ६ अंक जोडेको छ । पराजित बर्निलले भने दुई खेलमा ३ अंक जोडेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।