शुक्रबार, वैशाख ४, २०८३

प्रशिक्षक भाल्भार्डेले गरे ग्रिजमनको आलोचना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले आफ्ना नयाँ खेलाडी एन्टोजी ग्रिजमनको आलोचना गरेका छन् । नयाँ सिजन अन्तर्गत लिगको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १-० को झिनो अन्तरमा पराजित भएसँगै प्रशिक्षक भाल्भार्डेले ग्रिजमनको आलोचना गरेका हुन् । 

२८ वर्षीय ग्रिजमनले बार्सिलोनाका लागि ला लिगाको पहिलो खेल खेलेका थिए । उनलाई क्लबले १२० मिलियन युरोमा अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको थियो । ‘यदी उनी गोल क्षेत्रको नजिक छन् भने उनी निर्णायक छन् र राम्रो गतिमा अघि बढेका छन् । तर, त्यसो हुन सकेन र उनले खेलमा हाबी हुनु पर्दछ ।’ 

प्रशिक्षक भालभर्डेले भने, ‘उनलाई बायाँपट्टि राख्यौ । हामीलाई थाहा छ उनले गोलमा ध्यान केन्द्रित गर्ने पर्ने थियो । किनकी हामीसँग त्यस्ता खेलाडी छन् जसले खेललाई हाम्रो पक्षमा लिन सक्छन् ।’ उनले थपे, ‘ग्रिजमन यो विषयमा सचेत हुन सकुन की हामी सबै खेलाडीहरुबाट धेरै आसा राख्द छौ र अझै उनले खेलमा ध्यानदिन जरुरी छ ।’

उक्त खेलमा स्ट्राइकर लुइस सुआरेज चोटका कारण खेलको ३७ औं मिनेटमा मैदान बाहिरिएका थिए । उनको स्थानमा राफेल एल्कान्तारा मैदानमा प्रवेश गरेका थिए । बार्सिलोनाले पछिल्लो १० वर्ष यता पहिलो पटक आफ्नो स्टार खेलाडी लियोनल मेस्सीविना लिगको सुरुवात गरेका थिए ।

त्यस्तै सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा आएदेखी हालसम्म सुआरेजले ला लिगा खेलको पहिलो हाफ अघिनै मैदान छोडेको यो पहिलो पटक हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।