शुक्रबार, वैशाख ४, २०८३

को बने भारतीय क्रिकेटकाे प्रशिक्षक ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पूर्व भारतीय क्रिकेटका कप्तान कपिल देवको अध्यक्षतामा बसेकाे क्रिकेट एडभाइजरी कमिटीले भारतीय क्रिकेट टोलीकाे मुख्य प्रशिक्षकको टुङ्गो लगाएको छ। शुक्रबार राती बसेकाे क्रिकेट एडभाइजरी कमिटीले रवि शास्त्रीलाई नै पुनः टोलीको प्रशिक्षकमा दोहाेर्‍याएको छ।

रवि शास्त्रीले अब आगामी दुई वर्ष भारतीय क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन्। उनले पछिल्लो दुई वर्षमा भारतीय क्रिकेट टिमलाई नयाँ उचाइमा पुर्याएको योगदानको कदर गर्दै शास्त्रीलाई पुनः प्रशिक्षकमा दोहाेर्‍याएको जनाइएको छ।

प्रशिक्षकका लागि न्युजिल्यान्डका पूर्व प्रशिक्षक माइक हेसन, श्रीलंका तथा सनराइजर्स हैदरावादका पूर्व प्रशिक्षक टोम मुडी, जिम्बाब्वे तथा न्युजिल्यान्डका पूर्व प्रशिक्षक लालचन्द राजपुत, वेस्टइन्डिज, जिम्बाब्बे, आयरल्याण्ड तथा अफगानिस्तानका पूर्व प्रशिक्षक फिल सिमोन्स र भारतीय टोलीका पूर्व अलराउण्डर रोविन सिंहले आवेदन दिएका थिए। 

यतिबेला शास्त्री भारतीय क्रिकेट टिमसँगै वेस्टइन्डिज टुरमा रहेका छन्। शास्त्रीले सन् २०१४ देखी २०१६ सम्म भारतीय टोलीको व्यवस्थापक बनेर समेत काम गरीसकेका थिए । त्यसपछि उनले सन् २०१७ देखि विश्वकप २०१९ सम्म टोलीको मुख्य प्रशिक्षकको भूमिका निभाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।