एजेन्सी- रियल मड्रिडले आज (शिनबार) नयाँ सिजनको ला लिगामा आफ्नो पहिलो खेल खेल्दै छ । रियलले लिग अन्तर्गत सिजनको पहिलो खेल सेल्टा भिगोसँग खेल्दै छ ।
खेल सेल्टा भिगोको घरेलु मैदानमा नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुने छ । गत सिजन पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविनाको रियलले खराव प्रदर्शन गरेको थियो । तर, यस सिजन चेल्सीबाट महंगो मुल्यमा अनुबन्ध गरेका स्ट्राइकर इडेन हाजार्ड इन्जुरी भएपछि धेरै जसो समर्थकहरुले पहिलो खेललाई लिएर प्रश्न गर्न थालेका छन् ।
तिघ्राको चोट बोकेका हजार्ड कम्तिमा तीन हप्ता मैदान बाहिर रहने छन् । यता प्रशिक्षक जिनेदिन जिदानले यस विषयलाई मध्यनजर गर्दै आफ्नो यो.जनामा समेत नरहेको बताउँदै आएका स्ट्राइकर ग्यारेथ बेललाई टोलीमा समावेश गरेका छन् ।
प्रशिक्षक जिदानले बेल रियलको टोलीमा गणना हुने बताएका छन् । रियल सिजनको पिहलो खेलमा नै सेल्टा भिगोलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ । यता सेल्टा भिगो पनि घरेलु मैदानमा रियललाईै कडा चुनौती पेश गर्ने दाउमा छ ।
सेल्टा भिगो रियलविरुद्ध अप्रत्याशित नतिजाको योजनामा छ । यी दुईबीचको पछिल्लो १० भेटमा रियल हाबी हुने देखिएको छ । सेल्टाविरुद्धको पछिल्लो १० भेटमा रियलले ९ खेलमा जित १ मा बराबरी खेलेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४