एजेन्सी– ब्राजिलियन तथा स्पेनिस ला क्लब बार्सिलोनाका स्टार मिडफिल्डर फिलिप्पे काउटिन्हो जर्मन बार्यन म्युनिख जाने भएका छन् । बार्सिलोनाले काउटिन्होलाई एक वर्षका लागि लोनमा बार्यन पठाउन लागेको हो ।
काउटिन्होका लागि दुबै कलब बीच सहमती भइसकेको जनाइएको छ । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि अनुबन्धन गर्न लागेको हो ।
२७ वर्ष काउटिन्होलाई शुक्रबार राती भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा अनुपस्थित थिए । गत सिजन बार्सिलोनाले १४२ मिलियन पाउण्डमा उनलाई प्रिमियर लिग क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो ।
तर, उनले बार्सिलोनामा आएर सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । दुवै क्लबबीच अब मात्र औपचारिक घोषणा गर्न बाँकी छ । उनले बार्सिलोनामा रहेर ७६ खेल खेल्दा २१ गोल गरेका छन् ।
बार्सिलोना पछिल्लो समय ब्राजिली स्टार नेयमारलाई क्लब फर्काउन कोशिश गरिरहेको छ । यसअघि बार्सिलोनाले पिएसजीलाई नेयमारका लागि १ सय मिलियन युरो र काउटिन्होको प्रस्ताव गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४