बिहीबार, साउन २८, २०८३

मेस्सीविनाको बार्सिलोना पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आफ्नो स्टार खेलाडी लियानल मेस्सीविना मैदानमा उत्रिएको साविक विजेता बार्सिलोना स्पेनिस ला लिगको नयाँ सिजनको पहिलो खेलमा पराजित भएको छ । 

शुक्रबार राति एथ्लेटिको बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १-० को अप्रत्यासित हार ब्यहोरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हालमा घरेलु टोलीले गोल गर्दै सिजनको सुखद सुरुवात गरेको छ । 

बिल्बाओको जितका लागि खेलको एक मात्र निर्णयक गोल अरित्ज अडुरिजले गरे । उनले खेल सकिन मात्र एक मिनेट बाँकी रहँदा गोल गरेका हुन् । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले पहिलो प्रहारमै गोल गरेका थिए । 

ईर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो । तर लिगको पहिलो खेलमा बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।