बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी : परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी : परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

नवलपरासी (पश्चिम) को सदरमुकाम परासी बजारमा बाढीका कारण ३० वर्षयताकै ठूलो क्षति भएको छ। २०३८ र २०४५ सालमा परासी क्षेत्र डुबानमा परेको थियो। त्यसयता यस वर्ष ठूलो क्षेत्र डुबानमा परेको हो।
 |  शुक्रबार, भदौ ११, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शुक्रबार, भदौ ११, २०७८

बुटवल– लुम्बिनीमा भीषण वर्षापछि आएको बाढीले बगाउँदा शुक्रबार चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन्। बाढीले बगाउँदा नवलपरासी पश्चिममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८, बन्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षका प्रदीप रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए।

triton college

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए। उनीहरूको शव केही तल खेतमा फेला परेको थियो। सुनवल नगरपालिका १४ की एलिसा तामाङ बेपत्ता भएकी छन्। तामाङको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए।

यस्तै रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीय रामेश्वर कहारको मृत्यु भएको छ। सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका छन्। शुक्रबार बिहान ६ बजेतिर खोलामा दाउरा खोज्न गएका बेला लोध बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दाङमा बबई नदीले बगाउँदा एक जनाको ज्यान गएको छ।  बिहान १० बजेतिर दंगीशरण गाउँपालिका १ बाँकी गाउँका ५० वर्षीय वामदेव देवकोटालाई बबई नदीले बगाएको प्रहरीले जनाएको छ।

नवलपरासी (पश्चिम) को सदरमुकाम परासी बजारमा बाढीका कारण ३० वर्षयताकै ठूलो क्षति भएको छ। २०३८ र २०४५ सालमा परासी क्षेत्र डुबानमा परेको थियो। त्यसयता यस वर्ष ठूलो क्षेत्र डुबानमा परेको हो। 

Metro Mart
vianet
‘स्थानीय सरकारका तर्फबाट हामीले तथ्यांक संकलन गरिरहेका छौं। मानवीय क्षति ठूलो नभए पनि खाद्यान्न, पसलका सामान र उद्योगमा करोडौंको क्षति पुगेको छ।’

परासी बजार क्षेत्रमा ६ फिटसम्म बाढी पसेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए। ‘मेरो सम्झनामा यति ठूलो पानी परेको थाहा छैन। परासी क्षेत्रका घर, उद्योग र पसलमा ठूलो क्षति पुगेको छ’, नगरप्रमुख गुप्ताले भने, ‘डुबानले करोडौंको क्षति पुगेको छ।’ उनका अनुसार परासी बजारसहित ग्रमीण भेगका बस्तीमा डुबानले ठूलो क्षति गराएको छ। ‘स्थानीय सरकारका तर्फबाट हामीले तथ्यांक संकलन गरिरहेका छौं। मानवीय क्षति ठूलो नभए पनि खाद्यान्न, पसलका सामान र उद्योगमा करोडौंको क्षति पुगेको छ’, उनले भने।

परासी बजार क्षेत्र राति २ बजेदेखि डुबानमा परेको हो। बिहान १० बजेसम्म निरन्तरको वर्षाले मानिस घरबाट बाहिर निस्कन नसकेको नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए। झरही खोला र रामखण्ड खोलामा आएको बाढी ओभरफ्लो हुँदा परासीसहित अन्य गाउँपालिका डुबान  परेको उनले बताए। 

‘म बिहान ७ बजे कार्यालय पुग्दा जिल्ला प्रशासन भवन पूरै डुबेको थियो। यति ठूलो पानी पर्‍यो कि उद्धार गर्न जानसमेत कठिन भयो’, मिश्रले भने। उनका अनुसार रामग्रामसहित सुनवल, बर्दघाट नगरपालिकाका ७ वटै पालिका डुबानमा परेका हुन्। 


प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार नवलपरासीमा १५ सय घर डुबानमा परेका छन। सुनवलको तुरिया खोला नजिकै डुबानमा परेका ५६ जनालाई छतबाट प्रहरीको सहयोगमा राति नै उद्धार गर्नुपरेको थियो। 

जिल्ला प्रहरी कार्यालय नै डुबानमा परेको थियो। शिक्षा कार्यालय, घरेलु उद्योग, नेपाली सेनासहितका दर्जनौं सरकारी कार्यालय र सयौं स्थानीय सर्वसाधरणका घर डुबानमा परेका छन्।

नदी अतिक्रमण नै डुबानको कारण

सामान्यतया परासी र सुनवल डुबानमै पर्ने क्षेत्र हो। तर, सामान्यतया केही क्षेत्र मात्रै डुबान हुन्थ्यो। तर, शुक्रबार भने निकै डरलाग्दो गरी परासी बजार क्षेत्र डुबानमा परेको हो। एक्कासि परासी क्षेत्रमा बाढी पस्नुमा खोला अतिक्रमण नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन्।  झरहीमा आएको बाढी ओभरफ्लो हुँदा सुनवल र परासी बजार क्षेत्रसहित बस्तीसम्म बाढी पसेको हो। प्रमुख जिल्ला अधिकारी मिश्रले खोलाको बहाव क्षेत्रबाट बाढी ओभरफ्लो हुँदा बस्तीमा पसेको बताए।

‘बाढी बजार बस्तीमा पस्नुको कारण खोलाको बहाव क्षेत्र खुम्चिनु पनि हो’, रामग्राम नगरपालिकाका नगरप्रमुख गुप्ताले भने। उनले बाढी बस्तीमा पस्नुमा मानवीय अतिक्रमण कारक रहेको बताए। 

रूपन्देहीमा करिब हजार घर डुबानमा

रुपन्देहीको भैरहवा, तिलोत्तमा, मर्चवार तथा धकधई लगायतका दक्षिणका क्षेत्र डुबानमा पर्दा सयौं परिवारको बिचल्ली भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ९ सय ५० घरमा क्षति पुगेको छ। डुबानमा परेका ३७ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।

रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर १, ३ र ४ प्रभावित भएको छ। यी वडाका बस्तीमा पानी पस्दा अधिकांश घर  जलमग्न भएका छन्। घरहरु डुबानमा पर्दा घरभित्रका अन्न, लत्ताकपडा, घरपालुवा पशुपक्षी पनि प्रभावित भएका छन्। यस्तै वर्षाका कारण लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तुमा पनि असर पारेको छ। 

लुम्बिनीका पहाडी भेगमा पहिरोको जोखिम छ भने तराईका जिल्ला डुबानमा परेका छन्। तिनाउ, दानव, वाणगंगा, नारायणी र राप्ती लगायतका नदीहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

दुई पुल भासिए

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल-नारायणघाट सडकको २ वटा पुल भासिएका  छन्। रुपन्देहीको देवदह नगरपालिका–७ स्थित घोडाहा खोलाको पुल  र पश्चिम नवलपरासीको  सुनवल नजिकै रहेको तुरियामायी पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । घोडाहाको पुलको एउटा  र तुरियाको २ वटा पिल्लर धसिएका छन्।

पुल भासिनुमा  यातायात व्यवसायीले भारतीय ओभरलोड प्रमुख कारण भएको बताएका छन भने स्थानीयले ओभरलोडसँगै नदी र खोलामा अनियन्त्रित नदीजन्य पदार्थको दोहन पुल र सडकको दुरवस्था हुने गरेको औँल्याएका छन्।



सरकारले भारतीय ओभरलोड नियन्त्रण नगरेसम्म यस्ता पुलहरु भासिने र ध्वस्त हुने क्रम चलिरहने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए।

नेपालका सडक र पुलको ३० टन लोड थेग्न सक्ने क्षमताका रहेको तर ९० टन सम्मको लोड लिएर भारतीय गाडी निर्बाध रुपमा गुडने गरेका कारण यो दयनीय अवस्था भएको हो। राष्ट्रिय राजमार्गमा तौलपुल कार्यविधिविपरीत ओभर लोड ढुवानी हुँदा सडक र पुल  जीर्ण हुने गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले बताए।

सडकदेखि ५ सय मिटर दुरी भन्दा टाढाबाट नदीजन्य पदार्थ निकाल्नुपर्नेमा त्यो पालना नहुदा पुलका पिल्लर भासिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले स्वीकार गरे। उनले भासिएको पुलको मर्मत चाँडै गर्ने बताए।

प्रकाशित: Aug 27, 2021| 21:22 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।