काठमाडौं- मलेसियाको लिग च्याम्पियन क्लबसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले शुक्रबार मलेसियाको जोहोर डरुल ता’जिम क्ललसँगको मैत्रिपूर्ण खेल खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।
तर टोलीका मुख्य खेलाडी तथा गोलरक्षक किरण चेमजोङ, विराज महर्जन र रोहित चन्द भने टोलीमा अटाएका छैन् । खेल भदौ ९ गते उसैको मैदानमा हुने छ । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप र २०२३ मा चाइनामा हुने एएफसी कप छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यस मैत्रिपूर्ण खेललाई भादौ १९ मा कुवेतसँग र २४ गते चाइनिज ताइपेइसँगको खेलाका लागि अन्तिम तयारीको रुपमा खेल्न लागेको प्रशिक्षक कालिनले जनाएका छन्। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
नेपाली टोली
गोलरक्षक : विकेश कुथु, एलन न्यौपाने, बिशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजीन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, बिशाल राई
फरवार्ड : बिमल धर्तिमगर, बिमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४