शुक्रबार, वैशाख ४, २०८३

विराट एक दशकमा २० हजार रन बनाउने पहिलो खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कुनै पनि एक दशकमा २० हजार रन पुरा गर्ने पहिलो खेलाडी बेनका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि एक दशकमा २० हजार रनको आँकडा पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । 

विराटले यो उपलब्धि बुधबार वेस्टइनिडजविरुद्धको एकदिवसीय खेलमा आफ्नो ४३ औं शतक पुरा गर्दै हात पारेका थिए । कोहलीले टेस्ट र टी-२० अन्तर्राष्ट्रियमा २०१० मा डेब्यु गरेका थिए । उनले एकदिवसीयमा भने २००८ मा डेब्यु गरेका थिए । 

कोहली पछि एक दशकमा सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ रहेका छन् । उनले २००० को दशकमा १८ हजार ९६२ रन बनाएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका दक्षिण अफ्रीकामा पूर्व अलराउण्डर ज्याक कालिजले २००० को दशकमा १६ हजार ७७७ रन बनाएका थिए । 

श्रीलंकाका दिग्गज खेलाडी माहेला जयवर्धनले एक दशकमा १६, ३०४, कुमार संगकाराले १५ हजार ९९९, सचिन तेन्दुलकरले १५ हजार ९६२, राहुल द«विडले १५ हजार ८५३ र दक्षिण अफ्रीकाका हाशिम अमलालले १५ हजार १८५ रन बनाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।