बिहीबार, वैशाख ३, २०८३

एसियन स्कुल टेबलटेनिसको टिम इभेन्टमा एभिएम पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारतको भोडोडारामा जारी युटिटी छैठौं एसियन स्कुल टेबलटेनिस च्याम्पियनसिपको टिम इभेन्टबाट नेपालको प्रतिनिधित्व गरीरहेको आदर्श विद्यया मन्दिर (एभिएम) बाहिरिएको छ । शुक्रबार भएको टिम इभेन्ट अन्तर्गत एभिएम लिगबाट नै बाहिरिएको हो ।

व्बाइज टिम इभेन्टमा नेपालका संयोग कपाली भारतका चित्राक्ष भट्ट र थाइल्यान्डका क्वान्डानाईसँग समान ३-० को सेटमा पराजित भए । त्यस्तै बिशाल गोले भारतका आकास पाल र थाइल्यान्डका पोरापटसँग समान ३-० को सेटमा पराजित भए। सुजन गदाल भारतका तमल बल्लभसँग ३-० को सेटमा जराजित हुँदा रुविन महर्जन थाइल्यान्डका पुन्नाटसँग ३-० को सेटमा पराजित भए । 

टिम इभेन्टकै गल्सतर्फ नेपालकी इभाना थापा मगर इन्डोनेसियाकी ड्वी ओक्ताभियानी, हङकङकी तुङ ली चेउक र थाइल्यान्डकी पोम्कानोकसँग समान ३-० को सेटमा पराजित भइन् । त्यस्तै नेपालकी बिएन्का राई थाइल्यान्डकी नानापट कोलासँग ३-१, हङकङकी चु फुङ वाइसँग ३-० र इन्डोनेसियाकी मेड सिस्कासँग ३-२ को सेटमा पराजित भइन् । 

समिरा श्रेष्ठ थाइलयान्डकी नत्या, हङकङकी तुङ वान होङ र इन्डोनेसियाकी आना दुङगिओसाग समान ३-० को सेटमा पराजित भइन् । प्रतियोगितामा नेपाल सहित, आयोजक भारत, चाइना, इन्डोनेसिया, हङकङ, युएई, थाइल्यान्ड र बंगलादेश गरी आठ राष्ट्रको सहभागिता रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।