एजेन्सी- स्पेनिस क्लब एथ्लेटिको मड्रिडले यसै सिजन पोर्चुगिज क्लब बेन्फीकाबाट युवा स्टार खेलाडी जोआओ फेलिक्सलाई अनुबन्ध गर्यो । अनुबन्ध गरेसँगै उनलाई क्लबले प्रि-सिजनका खेलमा मैदान उतारेको थियो ।
यससँगै लियोनल मेस्सीको तुलनामा फिलिक्सले एक सिजनमा उत्कृष्ट आँकडा बनाए । पोर्चुगिज युवा स्टारले एथ्लेटिकोका लागि प्रि-सिजनमा जम्मा २५० मिनेट खेल्दा प्रत्येक ३६ मिनेटमा एक गोल वा असिस्ट गरेका छन् ।
तर, मेस्सी त्यो आँकडामा हालसम्म पुग्न सकेका छैनन् । उनले खेलको उत्कृष्ट सिजन २०११÷१२ मा सर्वाधिक ७३ गोल र २९ असिस्ट गरे पनि फिलिक्सको त्यो आँकडालाई पुर गर्न सकेको छैन् ।
मेस्सीले उक्त सिजन ५ हजार २२१ मिनेटमा ७३ गोल र २९ असिस्ट गर्दा प्रति ५१ मिनेटमा एक गोल वा असिस्टको औसत हुन आउछ । फेलिक्सको हालसम्म व्यवसाहिक खेलाडीका रुपमा सुरुवाती ४३ खेल खेल्दा २० गोल र ११ असिस्ट गरेका छन् ।
उनको यो ४३ खेलमा गरेको गोल र असिस्ट क्रिस्टियानो रोनाल्डो र मेस्सी भन्दा उत्कृष्ट हो । १९ वर्षीय फेलिक्सले एथ्लेटिकोमा आफ्नो पहिलो गोल रियल मड्रिडविरुद्धको मैत्रिपूर्ण खेलमा गरेका थिए । उक्त खेलमा उनले दुई असिस्ट समेत गरेका थिए ।
त्यस्तै एमएलएस अल-स्टारसँग ३-० ले विजयी हुँदा एक गोल र एक असिस्ट गरेका थिए भने युभेन्ट्सविरुद्ध दुई गोल गरेका थिए । एथ्लेटिकोको प्रि-सिजन खेलमा चार गोल र तीन असिस्ट गर्दै फेलिक्सले सिजन सुरु हुनु भन्दा पहिले नै आफ्नो प्रतिभा झल्काएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४