बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : राजधानी घोषणाको तीन महिना, नामाकरण अन्यौलमा

प्रदेश १ : राजधानी घोषणाको तीन महिना, नामाकरण अन्यौलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – प्रदेश १ को ऐतिहासिक प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो। पहिलो बैठकको १५ महिनापछि  प्रदेश राजधानीको घोषणा भयो। 

२०७६ बैशाख २३ गते राजधानी विराटनगर र व्यवस्थापिका र कार्यपालीकाका संरचनाहरु इटहरी र सुन्दरहरैचामा राख्नेगरि राजधानीको मुद्दा टुंगो लाग्यो। 

प्रदेश सभाका जेष्ठ सदस्य ओमप्रकाश सरावगिले अध्यक्षता गरेर सुरु भएको प्रदेश १ को प्रदेश सभा संचालन भएको डेढ बर्ष पुगेको छ । तर, नामाकरणको विषय अझै सदनमा प्रवेश गरेको छैन । 

स्थायी राजधानी कोरिडोर घोषणा भएपनि नामाकरण नहुनुमा नामाकरणको मुद्दा सदनमा प्रवेश नहुनु मुख्य कारण रहेको उपसभामुख सरस्वती पोखरेलले बताइन। प्रदेशसभाले विभिन्न ३५ वटा विधेयक पारित गरेर कानुन बनाएपनि नामाकरणको कुरा प्रवेश नभएको पोखरेलले बताइन्। 

२०७४ चैत १९ गतेको प्रदेश आर्थिक कार्यविधि विधेयक देखी विभिन्न ३५ विधेयक पारित गरेको प्रदेश १ को प्रदेश सभामा हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २६ गते टेबल भएको छ। विधेयकहरु पेश गरेर कानुन निर्माणमा सदन सक्रिय भएपनि नामाकरणको बिजनेस भने सदनमा नपुगेको उपसभामुख पोखरेलले बताइन्। उनले नेपाल समयलाइ भनिन्, ‘प्रदेश सरकार र प्रदेश सभा दुवैमा नामाकरणको कुरा प्राथामिकतामा परेको छैन। प्राथामिकतामा परेपछि नामाकरण हुनेछ।’

मुख्यमन्त्री शेरधन राईले दशैं अगाडि नै प्रदेशको नामाकरण हुने केही महिना अगाडि एक सार्वजनिक कार्यक्रममा बताएका थिए। 

प्रदेश १ को राजधानी घोषणा अगाडि भएको दुई तिहाईको सत्तारुढ नेकपाको संसदीय दलमा नामाकरणको मुद्दा पनि उठेको थियो । कोशी, सगरमाथा, कोशी किरात, चोमोलोङ्मा वा विराट प्रदेश राख्न सकिने भन्दै सांसदहरुले तर्क गरेका थिए। तर, राजधानी घोषणा भएपनि नामाकरणको मुद्दा भने अगाडि बढ्न सकेको छैन। 

९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ जना र प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका २१ जना सांसद रहेका छन्। यस्तैगरि, संघीय समाजवादीका ३ र संघीय लिम्बुवान मन्च र राप्रपाका क्रमशः १/१ जना सांसदहरु रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।