बिहीबार, साउन २८, २०८३

कुलमानको सफलता : प्राधिकरण ७ अर्ब २० करोड नाफामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको भन्दा १४९ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो। 

सिंहदरबारमा मंगलबार भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले  गत आर्थिक वर्षमा प्राधिकरणले गरेको प्रगति समीक्षाका बारेमा जानकारी दिँदै ७ अर्ब २० करोड नाफा भएको बताए। 

यस्तै विद्युत चुहावट नियन्त्रणमा पनि प्राधिकरणले प्रगति हात पारेको छ। चुहावट १५ दशमलव ३२ प्रतिशत मा झरेको छ। यो अघिल्लो वर्ष भन्दा ५ दशमलव १३ प्रतिशतले कम हो। आव २०७४/७५ मा चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो।

यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ।

गत आर्थिक वर्षमा ७ अर्ब ५५ करोड युनिट बिजुली खपत भएको छ। जसमा नेपाल विद्युत प्राधिकरणको उत्पादन २ अर्ब ५५ करोड, निजी क्षेत्रको उत्पादनबाट २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड किलोवाट आवर युनिट विद्युत आयात गरिएको छ। अहिलेसम्म ७८% अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ। यो संख्या गत वर्ष भन्दा १०% बढी हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।