बिहीबार, साउन २८, २०८३

क्रिकेटर सन्दीप लामिछानेले भिसा पाए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - आज बिहान क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि दिउँसो बोलाएर भिसा दिएको छ। 

बिहान अन्तरवार्ता दिन दूतावास पुगेका सन्दीपले भिसा नपाएपछि आफू स्तब्ध भएको बताएका थिए। उनले भिसा नपाएको खबरले तत्कालै सामाजिक सञ्जाल र मिडियामा स्थान पाएको थियो । 
त्यसपछि अमेरिकी दूतावासले उनलाई फेरि दूतावास बोलाई भिसा दिएको हो। 

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न अमेरिका हुँदै वेस्टइन्डिज जाने तयारी अनुसार दूतावासमा भिसाका लागि आवेदन गरेका थिए। सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि वेस्टइन्डिज पुग्नुअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए। 

सीपीएलको फाइनल अमेरिकाको फ्लोरिडामा हुने भएकाले पनि आफूलाई अमेरिकी भिसाको आवश्यकता परेको सन्दीपको भनाई छ। भर्खरै क्यानडामा ‘ग्लोबल टी ट्वेन्टी’ खेलेर फर्केका सन्दीपलाई क्यानडाले १० वर्षको भिसा दिएको छ। 

सन्दीपका अनुसार आज बिहान दूतावासका भिसा अफिसरले उनको आवेदन अस्वीकार गर्नुको कारण सोद्धा ‘यू आर रिजेक्टेड’ मात्र भनेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।