बिहीबार, साउन २८, २०८३

राष्ट्र बैंकविरुद्धको मुद्दामा आज फैसला हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल राष्ट्र बैंकको मुद्दा प्रधानन्यायाधीस चोलेन्द्र शमशेरको इजलासमा पुगेको छ। प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर राष्ट्र बैंकले जारी गरेको उमेर हदको निर्देशन विरुद्ध सर्वोच्च अदालत पुगेका थिए। 

राष्ट्र बैंकले २ साताअघि निर्देशन जारी गरी बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूको अधिकतम उमेर ६५ र ७० तोकेको थियो। तर बहालवालाको हकमा भने सिइओ र सञ्चालकको ६९ र ७४ वर्ष तोकेको थियो।
 
केन्द्रीय बैंकले निर्देशन जारी गरेपछि मानन्धर सर्वोच्च अदालत पुगेका हुन्। उनको हालको उमेर ७० वर्ष कटिसकेको छ। मानन्धरले प्राइम बैंकमा ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्तिको एक हप्ता पनि जागिरमा जान नपाउँदै उनको जागिर गएको थियो।

यसअघि २३ गते सर्वोच्चकका न्यायाधीश मीरा खड्काको इजलासमा राखिएको मुद्दा हेर्न नभ्याइएको भन्दै सारिएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश जबराले मंगलबार आफ्नै इजालासमा राखेका हुन्।

राष्ट्र बैंकले निर्देशन मार्फत जारी गरेको सो व्यवस्थाले प्राइमका सिइओ मानन्धर सहित एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नबिल बैंकका अध्यक्ष शम्भु पौड्याल र गरिमा विकास बैंकका सञ्चालक भूपेन्द्रबहादुर खड्काको पनि पद गुमेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।