काठमाडाैं- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
क्यारेबिन प्रिमियर लिगमा सहभागी हुनका लागि उनले गरेको भिसा आवेदन दूतावासबाट अस्वीकार गरिएको लामिछानेले बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, “सन् २०१६ देखि विभिन्न लिगमा विश्वभर देशको प्रतिनिधित्व गरिरहेको राष्ट्रिय खेलाडीको नाताले अमेरिकाको भिसा अस्वीकार गरिएकोमा चकित भएको छु ।”
आफूले सम्पूर्ण कागजात देखाउँदा पनि भिसा अस्वीकार भएकोमा स्तब्ध भएको पनि उल्लेख गरेका छन् ।
उनले ट्वीटरमा प्रधानमन्त्रीको कार्यालय र अमेरिकी दूतावासलाई पनि मेन्सन गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४