काठमाडौं- सरकारले खुशीको आधार सम्बन्धी सर्वेक्षण गर्ने भएको छ।
नेपालमा पहिलो पटक ‘ग्रस ह्याप्पीनेस सर्वे २०७६’ गर्न लागिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
विभागका महानिर्देशक सुमनराज अर्यालका अनुसार ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लिएको सरकारले सुख निर्माणको आधार खोज्न सर्वे गर्न लागेको हो। सुखको निर्माणका लागि खुसीको आवश्यकता पर्ने भएकाले त्यसका आधार बारे बुझ्न सर्वेक्षण गरिने उनले जनाए।
अर्यालका अनुसार यसै वर्ष ७ वटा फरक फरक सर्वेक्षण गर्ने तयारी भइरहेको छ। त्यसका लागि रु एक अर्ब १ करोड बजेट विनियोजन भएको उनले बताए ।
ग्रस ह्याप्पीनेस सर्वे २०७६, नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे (चौथो), नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर्स सर्वे (तेस्रो), आन्तरिक पर्यटन सर्वे, वेस्ट म्यानेजमेन्ट वेसलाइन सर्वे, इन्डष्ट्रियल सर्वे २०७६ र एग्रीकल्चर इन्टरग्रेटेड सर्वे हुने भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४