काठमाडौं- नेपाली कांग्रेसले १४ औं महाधिवेशन केन्द्रित प्रशिक्षण दिने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तीनवटा प्रदेशमा प्रशिक्षण दिने लागेको हो।
आगामी १४ औं महाधिवेशनको तयारी स्वरुप महाधिवेशन प्रतिनिधिदेखि नेताकार्यकर्तालाई प्रशिक्षण दिइने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालका अनुसार प्रशिक्षणमा कांग्रेसको सांगठनिक संरचना, विधान, राजनीतिक आर्थिक दृष्टिकोण, जनतासँगको सम्वादलगायतका विषयमा प्रशिक्षण हुनेछ। प्रशिक्षणमा नेकपा नेतृत्वको सरकारको मूल्याकन पनि जनतासमक्ष गरिनेछ।
प्रशिक्षण उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछ्न् भने सबै प्रशिक्षणमा वरिष्ठ नेता रामचन्दै पौडेललगायतका शीर्ष नेताहरुको सहभागिता रहनेछ। प्रतिष्ठानले आवश्यकताबमोजिम आफ्नै ढंगको कार्यपत्रहरु प्रस्तुत गर्नेछ।
गण्डकी प्रदेशस्तरीय प्रशिक्षण पोखरामा साउन ३१ र ३२ गते हुनेछ भने भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ स्तरीय प्रशिक्षण हुनेछ।
यसैगरी भदौ ५ र ६ मा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण हुने दाहालले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४