काठमाडौं- प्रहरी हिरासतबाट भागेका सुकलाल वाइबा बौद्धबाट पक्राउ परेका छन्।
सिंहदरबार प्रहरी वृत्तको हिरासत तोडेर शनिबार बिहान वाइबासहित ४ कैदी फरार भएका थिए। उनीहरू मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका थिए।
महानगरीय प्रहरी परिसरका प्रवक्ता हविन्द्र बोगटीका अनुसार हिरासतबाट वाइबासहित अनिल थापा, सुपा लामा, करण मुक्तान र मदन तामाङ भागेका थिए। फरार रहेका अनिल थापा र सुपा लामालाई प्रहरीले शनिवार पक्राउ गरेको थियो।
कैदी भेट्न गएका करण मुक्तानले हिरासतमा हेक्सो लगिदिएको र सुकलालको योजनाअनुसार कैदी रहने झ्यालको फलाम तोडेर चार जना कैदी भगाएको अनुसन्धानबाट खुलेको छ। फरार मदनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४