काठमाडौं- बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारीलाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको हो । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।
पीडित परिवारको उजुरीको आधारमा आइतबार पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४