काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली १० दिने सिंगापुर भ्रमण सकेर सोमबार (आज) स्वदेश फर्किने भएका छन् ।
उनी दिउँसो १२ः२५ मा थाइ एयरबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले नेपाल समयलाई जानकारी दिए ।
शुक्रबार नै स्वदेश फर्किने भनिए पनि उनको स्वास्थ्य परिक्षणको काम नसकिएकाले प्रधानमन्त्री ओली आज मात्रै फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते सिंगापुर गएका थिए। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४