बिहीबार, साउन २८, २०८३

धूमधामका साथ बकर इद मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इस्लाम धर्मावलम्बीकोे महान् पर्व बकर इद (इदु उलल जोहा) आज नेपाललगायत विश्वभरिका मुस्लिम समुदायले धूमधामका साथ मनाइरहेका छन्।
 
बिहानै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अँगालोमा बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको बलि दिने परम्परा छ। 

यो पर्वमा बलि दिएपछि जन्नत  (स्वर्ग)को बाटो खुल्छ भन्ने विश्वास छ । यस पर्वमा स्वस्थ चौपायाको कुर्वानी दिनुपर्छ । इस्लामिक मुलुकमा जति ठूलो चौपायाको कुर्वानी दिने त्यति नै बढी धर्म हुने विश्वास छ। तर नेपालमा खसीबोकाको नै बलि दिइने गरिन्छ।
 
बलि दिएको पशुको मासु तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, अर्को एक भाग नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।

यस पर्वको अवसरमा विश्वभरिका लाखौं मुस्लिमहरू मक्कामदिना हजका लागि जाने गर्छन्। यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठूलो धार्मिक सफलता मानिन्छ। 

बकर इदका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ। विगतमा केन्द्र सरकारले इदको बिदा दिँदै आए पनि यसपटक कटौती गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।