काठमाडौं- आज यस वर्षको अन्तिम साउने सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयलमा भक्तजनको घुइँचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिमा महिला भक्तजनको लाम लागेको थियो । महिनाभरि बसेको व्रत समापन गर्ने दिन भएकाले पनि आजको दिनलाई शिवका भक्तहरुले विशेष रुपमा लिने गर्छन्।
साउन महिना भगवान् शिवलाई मन पर्ने भएकाले हरेक सोमबार शिवको पूजाआराधना गरिन्छ। साउनको सोमबार पूजाआराधना गरेर भगवान शिवलाई खुसी पार्न सके मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पूरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ। विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पूजाआराधना गर्दै वत बस्ने गर्छन्। आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४