बिहीबार, साउन २८, २०८३

नेपाल लिटरेचर फेस्टिभलमा शशी थरुर, जावेद अख्तर र शवाना आजमी आउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  आइएमई नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आउँदो मङ्सिर २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न हुने भएको छ । 

फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि एकसयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिनेछन् ।

महोत्सवमा भारतीय लोकसभा सांसद एवम् लेखक शशी थरुर, गीतकार एवम् कवि जावेद अख्तर,  अभिनेत्री शबना आजमी लगायत देशविदेशका १५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहको उपस्थिति रहने आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । 

यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यको गरिमामय पुरस्कार डिएससी प्रदान गर्न लागिएको छ । 

दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको छ । फेस्टिभलको अन्तिम दिन मंसीर ३० गते पुरस्कारको घोषणा हुने छ । 

प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने डिएससी पुरस्कार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो ।’

२५ हजार अमेरिकी डलर राशि बराबरको डिएससी दक्षिण एसियाली साहित्य पुरस्कार दक्षिण एसियाको विषयवस्तु, परिवेशमाथि कलम चलाउने लेखकलाई प्रदान गरिन्छ । 

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिट्रेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत अघि बढाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।