बिहीबार, साउन २८, २०८३

सिटिईभिटीको परीक्षामा नक्कली परीक्षार्थी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पर्सा प्रहरीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटीले सञ्चालन गरेको परीक्षाबाट दुईजना नक्कली विद्यार्थीलाई पक्राउ गरेको छ।

आइतबार वीरगञ्ज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजमा सञ्चालन गरिएको प्रविणता प्रमाणपत्र नर्सिङको परीक्षामा परीक्षा दिइरहेका  नक्कली विद्यार्थी नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रौतहट अमुनिया गाँउपालिका-१ का २२ वर्षीय जोग नारायण यादव तथा गढीमाई गाँउपालिका-६ का २३ वर्षीय कौशल प्रसाद यादव छन्।

जोग नारायण यादवले रौतहट गढीमाई- ६ का वर्ष २२ को छोटेलाल यादवको नाममा परीक्षा दिइरहेको र कौसल प्रसाद यादवले रौतहटकै   रमाकान्त साहको नाममा परीक्षा दिइरहेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका दुईजनाले जनही दुई लाख ५० हजार लिएर परीक्षामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।