बिहीबार, साउन २८, २०८३

मोहन बैद्यले उपनिर्वाचन बहिष्कार गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मोहन बैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन बहिष्कार गर्ने भएको छ।

पछिल्लो साता बसेको क्रान्तिकारी माओवादीको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो।

पार्टीका महासचिव मोहन बैद्यले भनेका छन्, ‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकाले उक्त उपनिर्वाचनको सक्रिय बहिष्कार गर्ने निर्णय लिइएको छ।’

नेपालमा संक्रमणकालीन न्यायबारे सरकार उदासीन रहेको आरोप पनि बैद्यले लगाएको छ। सरकारले आफैं गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक कानुन निर्माणमा राज्यले असहयोग गरेको महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस स्थितिमा हाम्रो पार्टी उपयुक्त कानुनहरुको निर्माण तथा सहयोग प्रदान गरी आयोगहरुलाई पुनर्गठत तुल्याई समस्याको समुचित समाधान निकाल्न सरकारसित जोडदार माग गर्दछ । साथै, नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासित समेत विशेष आग्रह गर्दछ।’

यसैगरी क्रान्तिकारी माओवादीले भारत सरकारले हालै संविधानको धारा ३७० र ३५ (क) लाई खारेज गरेको विषयमा विरोध जनाएको छ। 

संयुक्त राज्य अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोजेको भन्दै पार्टीले अमेरिकी सरकारद्वारा दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान सहायता अन्तर्गत ५० करोड अमेरिकी डलर लिने सरकारको निर्णयको विरोध गरेको छ।

अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको इन्डो प्यासेफिक रणनीतिमा सम्मिलित नहुन, सो रकम अस्वीकार गर्न तथा पञ्चशीलको मान्यताका आधारमा परराष्ट्र नीति अँगाल्न माओवादीले सरकारसँग माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।