बिहीबार, साउन २८, २०८३

विश्वविद्यालयमा भागबन्डा बन्द गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विवेकशील नेपाली दलले शैक्षिक संस्थाहरूमा  दलीय भागबन्डा अन्त्य गर्न माग गरेको छ।

दलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावअनुरूप विश्वविद्यालयहरूमा ट्रस्टीका माध्यमबाट कुलपति अनि अन्य पदाधिकारी छनोट गर्न पनि अपिल गरेको छ। 

दलले आइतबार जारी गरेको विज्ञप्तिमा भागबन्डाका आधरमा हुने विश्वविद्यालयको पदाधिकारी छनोटलाई खबरदारी अनि बहिष्कार गर्न सम्पूर्ण राजनीतिक दल, विद्यार्थी, प्राध्यापक, नागरिक समाजसँग अपिल गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘लाखौं युवाको भविष्य अनि मुलुककै भविष्यसँग जोडिएको विषयमा सरकार अनि सरोकारवालालाई गम्भीर भएर सोच्न समेत अनुरोध गर्दछौं।’

स्वायत्त रहनुपर्ने विद्यालय अनि विश्वविद्यालयहरू चरम दलीयकरण, अझ गुटबन्दीको सिकार बनेको ठहर विवेकशीलको छ। विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश क्याम्पस प्रमुख भागबन्डामै बनाइएका छन्।

फलस्वरूप, शिक्षा क्षेत्र नै धराशयी बनिसकेको छ। नेकपाको सरकारलाई यो सच्याउने राम्रो मौका छ। सक्षम व्यक्ति खोजेर निष्पक्ष प्रक्रियाको आधारमा नेतृत्व दिने मौका आएको छ।’ 

विवेकशीलले विश्वविद्यालयको नेतृत्वमा योग्यता, क्षमता अनि उत्कृष्टताका आधारमा नेतृत्व चुन्न अनुरोध गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।