बिहीबार, साउन २८, २०८३

त्रिविलाई नेविसंघ ज्ञापन : छात्रवृत्ति लागू गर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई छात्रवृत्ति कार्यान्वयनमा ज्ञापनपत्र बुझाएको छ।

नेवि संघले त्रिविबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू गराउन माग गरेको छ।

संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेका अनुसार त्रिवि नेतृत्वसँग भएको वार्तापछि त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा १० प्रतिशत विद्यार्थीलाई अनिर्वाय रूपमा दिँदै आएको निःशुल्क छात्रवृत्ति अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजमा पनि लागू हुने निश्चित भएको जनाए।

काफ्ले नेतृत्वको समूहले त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दबाब दिएको थियो। नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले नेविसंघसँग वार्ता गरेको थियो। 

दुवै पक्षबीच भएको ५ बुँदे सहमतिअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइनेछ।

५ बुँदे सहमतिमा त्रिविअन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने, छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निःशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिस्ट्रेसन, लाइब्रेरी, ल्याबलगायतको शीर्षकमा कुल शुल्कको ५ प्रतिशतभन्दा बढी रकम लिन नपाइने लगायतका विषय समेटिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।