बिहीबार, साउन २८, २०८३

छिमेकीको कुटाइबाट ४० दिनदेखि बेहाेस : न उपचार न न्याय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- जग्गाको साँधका विषयमा विवाद हुँदा छिमेकीबाट कुटिएकी एक महिला ४० दिनदेखि बेहोस छिन्।

कैलालीको लम्की चुहा नगरपालिका–८ गप्काकी २५ वर्षीया रामजानकी चौधरीलाई जग्गाको साँध मिचेको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले गएको असार १७ गते कुटपिट गरेको थियो।  

उपचार गर्न पैसा नभएर लामो समयसम्म घरमै राखिएकी रामजानकीलाई गाउँका केही मानिसले आइतबार धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्याएका छन्। 

यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको रामजानकीका पति तीर्थ चौधरीले बताए। यमबहादुरको परिवार जमिनदार हो भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानीमा बसिरहेको छ। 

आफू प्रहरीमा पटकपटक गए पनि न्याय नपाएको तीर्थले बताए। लम्की इलाका प्रहरीका प्रहरी नायब निरीक्षक जनक सिंहले रामजानकीको बाहिरी घाउ नदेखिएकाले मुद्दा चलाउन नसकिएको बताए।

गाउँको शक्तिशाली परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकीप्रति अन्याय गरेको आरोप स्थानीयले लगाएका छन्।

यमले रामजानकीलाई कुटपिट नगरेको तर सामान्य धकेल्दा पनि बेहोसको बाहाना गरिरहेको बताए। 

बाहिरी देखिने चोट नभए पनि भित्र गम्भीर चोट लागेको हुनसक्ने छिमेकी मनमाया तामाङले सुनाइन्। मनमाया र स्थानीय टेक देउवाको पहलमा उनलाई धनगढी ल्याइएको हो।

रामजानकीको न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।