काठमाडौं- ‘आरक्षण बचाउ’ को नारा लगाउँदै सिंहदरबार अगाडि धर्ना दिएका १४ जना पक्राउ परेका छन्।
सिंहदरबारस्थित पश्चिम ढोका नजिकै विभिन्न पहिचानवादी संग–संगठनले धर्ना दिएका थिए।
धर्नामा प्रहरीले हस्तक्षेप गरी १४ जनालाई नियन्त्रणमा लिएको कार्यक्रममा सहभागी टिएमएनसीका सरोज रायले जनाए।
पक्राउ परेकाहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ।
लोकसेवा आयोगको असमोवशी विज्ञापनका विरुद्ध सुरु भएको आन्दोलनलाई आरक्षण बचाउ आन्दोलनको नाम दिइएको छ। जसले चरणबद्ध आन्दोलन गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४