बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफूले पाएको राष्ट्रिय पुरस्कारबारे बेखबर कश्मीरी बालक

आफूले पाएको राष्ट्रिय पुरस्कारबारे बेखबर कश्मीरी बालक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत-  गएको शुक्रबार फिल्म ‘हमिद’ लाई उर्दू भाषाको सर्वोत्कृष्ट राष्ट्रिय फिल्म घोषणा गरियो । फिल्मका मुख्य कलाकार आठ वर्षीय तल्हा अरशद रेशी सर्वोत्कृष्ट बाल कलाकार घोषित भए। 

तर जम्मू कश्मीरका यि बाल कलाकार न त पुरस्कार वितरण समारोहमा सहभागी हुन पाए । न त उनलाई आफूले सर्वोत्कृष्ट बालकलाकारको पुरस्कार पाएको थाहा छ । 

केन्द्र सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० हटाएपछि उक्त राज्यमा फोन, इन्टरनेट र आम सञ्चारका सेवाहरु ठप्प छन् । 

सरकारको उक्त निर्णयको कश्मीरमा विरोध भइरहेको छ । सडकहरु पनि बन्द जस्तै छन् । 

फिल्मका निर्देशक एजाज खानले सबै सञ्चारमाध्यमहरु बन्द भएकाले तल्हालाई खबर गर्ने प्रयास विफल भएको बताएका छन् ।

खानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्, “मैले तल्हासँग सम्पर्क गर्न निकै कोशिश गरें, उनका बुवा र आफन्त कसैसँग पनि सम्पर्क हुन पाएन । यो खुशी उनीसँग बाँड्न नपाउँदा निराश छु ।”

अमीन भटको नाटक ‘फोन नम्बर ७८६’ मा आधारित ‘हमिद’ कश्मीर उपत्यकाका एक बालकको कथा हो जसका बुवा वेपत्ता हुन्छन् र बालक अल्लाह (भगवान) लाई फोन गरेर आफ्ना बाबुलाई फिर्ता बोलाउने प्रयासमा हुन्छन् । 

फिल्ममा अभिनेत्री रसिका दुग्गल, अभिनेता सुमित कौल र विकास कुमार सहयोगी भूमिकामा छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।