बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा भोलि सार्वजनिक बिदा, केन्द्रमा मुस्लिमलाई मात्रै

प्रदेश २ मा भोलि सार्वजनिक बिदा, केन्द्रमा मुस्लिमलाई मात्रै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ सरकारले सोमबार (भोलि) सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मुस्लिम धर्माबलम्वीहरुको चाड इद–ऊल–अजहा (बकर इद) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै बकरीदको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।

राउतले प्रदेश, देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण इस्लाम धर्माबलम्बीहरुमा शुभकामना व्यक्त गर्दै यस पर्वले प्रदेश २ का साथै मुलुकभर भाइचारा, सुख र शान्ति वृद्धिको कामना गरेका छन् ।

यसैबिच, केन्द्र सरकारले भने मुस्लिम धर्मालम्बीलाई मात्रै बिदा दिने भएको छ । यसअघि भने सरकारले सबैलाई सार्वजनिक बिदा दिदैँ आएको थियो ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।