बिहीबार, साउन २८, २०८३

सरकारलाई गगनको प्रश्‍न- संसद्को गरिमा छैन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कांग्रेस नेता गगनकुमार थापाले सरकारले संसद्लाई नटेरेको आरोप लगाएका छन् ।

उनले आइतबार प्रतिनिधिसभा बैठकमा भने, ‘संसदमा जति बोले पनि सरकारले त्यसप्रति ध्यान दिएन । संसदभित्र जबाफ नआए बाहिर बोल्न बाध्य नपारियोस् ।’
 
संसद्को शून्य र विशेष समयमा उठेको प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिनुपर्ने व्यवस्था छ । तर सरकारले त्यो व्यवस्था उल्लंघन गरेको आरोप विपक्षी दलको छ । नेता थापाले संसदमा उठेका प्रश्नको जबाफ पाँच दिनभित्र दिनैपर्ने बताए ।

संसद्को गरिमालाई कमजोर पार्ने खेलमा नलाग्न समेत उनले सरकारलाई चेतावनी दिए । संसदमा उठेको मुद्दा सुनवाइ नभएको भन्दै सांसदहरुले आपत्ति जनाउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।