बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंगापुरमै अल्झिए प्रधानमन्‍त्री, भोलिमात्रै स्वदेश फर्किने

सिंगापुरमै अल्झिए प्रधानमन्‍त्री, भोलिमात्रै स्वदेश फर्किने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शुक्रबार स्वदेश फर्किने गरि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली उतै अल्झिएका छन् । थप स्वास्थ्य परिक्षणसँगै त्यसको रिपोर्ट आउन समय लागेपछि उनको सिंगापुर बसाइ लम्बिएको हाे। 

प्रधानमन्त्री ओली सोमबार (भोलि) मात्रै स्वदेश फर्किने भएका छन् । यसअघि उनको शुक्रबार फर्किने कार्यतालिका परिवर्तन गरेर आइतबार आउने भनिएको थियो । आइतबार पुनः तालिका हेरफेर गर्दै सोमबार आउने भनिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थय परिक्षणको रिपोर्ट आउन समय लागेकाले स्वदेश फकिन ढिला भएको उनको निजी सचिवालयले जनाएको  छ। 

स्वास्थ्य परिक्षण नै गराउने उद्देश्यले सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केहि समस्या देखिएपछि बसाइ लम्बिएको बताइएको छ । उनको थप परिक्षणको काम भइराखेको छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अस्पतालले थप परिक्षणको रिपोर्ट आइतबार साँझसम्ममा आउने जानकारी दिएको छ। रिपोर्ट आएपछि अवस्था सामान्य रहे उनी भोलि साढे १२ बजे स्वदेश आइपुग्ने जनाइएको छ । 

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।