बिहीबार, साउन २८, २०८३

सोनिया गान्धी भारतीय कांग्रेसमा अन्तरिम अध्यक्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत- भारतीय राष्ट्रिय कांग्रेसको शनिवार आयोजित केन्द्रीय कार्यसमिति बैठकले सोनिया गान्धीलाई पार्टीको अन्तरिम अध्यक्षमा चयन गरेको छ ।
 
बैठकले अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
 
शनिबार राति ११ बजेसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले पार्टीको नयाँ अध्यक्ष चयन गर्न नसकेपछि अन्तरिम अध्यक्षका रुपमा सोनिया गान्धीलाई चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
 
यद्यपि, सोनिया र राहुल दुबैले आफूहरुलाई कांग्रेस अध्यक्ष पदमा नराख्न आग्रह गर्दै आएका थिए । 

यसअघि बैठकले राहुल गान्धीले पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको थियो । उक्त आग्रह राहुलले अस्वीकार गरेपछि बैठकले सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्ष बनाएर उनकै अभिभाकत्वमा नयाँ अध्यक्षको चयन गर्ने निर्णय गरेको हो ।
 
१९ वर्षसम्म कांग्रेस अध्यक्ष रहिसकेकी सोनिया गान्धीले सन् २०१७ मा राजीनामा गरेकी थिइन् । त्यसपछि अध्यक्ष बनेका राहुल गान्धीले गएको लोकसभा निर्वाचनमा पार्टीले ठूलो हार व्यहोर्नु परेपछि राजीनामा गरेका थिए । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।