बिहीबार, साउन २८, २०८३

एकै रातमा दुई गाउँपालिका अध्यक्षका गाडीमा आगजनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कपिलवस्तु- कपिलवस्तु र दाङका दुई गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी गाडीमा शनिबार राती आजगनी भएको छ । 

कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।

कपिलवस्तु को सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०ः३० बजेतिर आगजनी भएको हो । 

नचिनेका मान्छेको समूहले शनिबार राति आगजनी गरेको हुन सक्ने बताइएको छ ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । 

कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले  जनाएको छ ।

दाङमा पनि आगजनी 


दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

गाउँपालिकाको  वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो प्रहरी र स्थानीयले निभाएका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।