काठमाडौं- काठमाडौं उपत्यकाका खोलाहरूमा पानीको बहाब बढेसंगै सचेत रहन बाढी पूर्वानुमान विभागले अपिल गरेको छ ।
मनोहरा र हनुमन्ते लगायतका क्षेत्र उच्च जोखिममा रहेकाले विशेषकर्ता अपनाउन विभागले अपिल गरेको हो । बाढी पूर्वानुमान विभागले आइतबार बिहान ट्वीट गर्दै जुनुकै बेला बाढी पस्न सक्ने खतरा रहेकाले सचेत रहन भनेको छ ।
काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरा लगायत सबै नदीहरूमा पानीको बहाव बढेको छ । बाढी अझै बढ्न सक्ने विभागको अनुमान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४