एजेन्सी- स्ट्राइकर ह्यारी केनको दुई गोलको मद्दतले नयाँ सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा विजयी भएको छ । शनिबार राति भएको खेलमा टोटेनहमले नवप्रवेशी एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको हो ।
घरेलु टोलीलाई जित दिलाउन हयारी केनले दुई र तान्गे नेडोम्बेले एक गोल गरे । एस्टन भिल्लाका जोन म्याकगिनले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले लिएको थियो ।
तर, अग्रता जागाउन नसक्दा भिल्ला टोटनहामसँग पराजित हुन पुगेको हो । खेलको नवौं मिनेटमा जोन म्याकगिनले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको भिल्लाले दोस्रो हाफको अन्त्य तीर तीन गोल खान पुग्यो ।
खेलको ७३ औं मिनेटमा तान्गे नेडोम्बेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । ८६ औं मिनेटमा केनले गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै केनले लिगको नयाँ सिजनमा टोटेनहमको सुखद सुरुवात गरेका हुन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४