बिहीबार, साउन २८, २०८३

ग्रिजमनको डेब्यु गोलसँगै बार्सिलोनाको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- एन्टोनी ग्रिजमनको डेब्यु गोलसँगै स्पेनिस ला लिगा च्याम्पियन्स बार्सिलोनाले नेपोलीलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले नेपोलीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितका लागि लुइस सुआरेजले दुई तथा एन्टोनी ग्रिजमन र ओस्माने डेम्बलेले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा चारवटै गोल सम्भव भएका थिए। 

खेलको ४८ औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै ५६ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । एट्लेटिको मड्रिडबाट बार्सिलोना आएपछि ग्रिजमनको यो पहिलो गोल हो । 

५८ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो होल गर्दै बार्सिलोनालाई ३-० गोल अन्तरले अघी बढाए । ६३ औं मिनेटमा डेम्बलेले गोल गरेसँगै बार्सिलोना नेपोलीसँग ४-० को फराकीलो अन्तरले विजयी भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।