एजेन्सी- भारत र वेस्टइन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल वर्षकाकारण स्थगित भएको थियो भने दोस्रो खेल आइतबार हुँदै छ । खेल नपाली समय अनुसार राती ७:१५ बजे सुरु हुने छ ।
यस दौरान वनडेमा भारतीय क्रिकेटका कस्तान विराट कोहली पूर्व कप्तान सौरव गांगुली र पाकिस्तानका दिग्गज क्रिकेटर जावेद मियान्दादको रेकर्ड नजिक छन् । गांगुलीले आफ्नो एकदिवसीय क्रिकेट करियरमा ११ हजार ३६३ रन जोडेका छन् ।
उनी वनडेमा सर्वाधिक रन बनाउने खेलाडीको आठौं स्थानमा छन् । विराट यस समय गांगुलीको रेकर्ड तोड्न मात्र ७७ रनले पछि छन् । तर, यस आँकडामा अचिन तेन्दुलकर १८ हजार ४२६ रनका साथ शीर्ष स्थानमा छन् ।
वेस्टइन्डिजविरुद्ध सर्वाधिक रन बनाउने मामलामा पाकिस्तानका पूर्व ब्याट्सम्यान जावेद छन् । जावेदले वेस्टइनिडजविरुद्ध ६४ खेल खेल्दै १ हजार ९३० रन बनाएका छन् । तर विराटले वेस्टइन्डिजविरुद्ध जावेद भन्दा आधी कम खेल खेलेका छन् । विराट जावेदको रेकर्डलाई ब्रेक गर्न मात्र १९ रनले पछि छन् ।
वेस्टइन्डिजविरुद्ध सर्वाधिक रन
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४