मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • भारत : सर्वोत्कृष्ट फिल्म अंधाधुन, आयुष्मान खुराना र विकी कौशल सर्वोत्कृष्ट अभिनेता

भारत : सर्वोत्कृष्ट फिल्म अंधाधुन, आयुष्मान खुराना र विकी कौशल सर्वोत्कृष्ट अभिनेता

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
एजेन्सी- बलिउड अभिनेता आयुष्मान खुराना र विकी कौशलले क्रमशः फिल्म ‘अंधाधुन’ र ‘उरी’ का लागि सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका छन्। 

गुजराती फिल्म ‘हेलारो’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित राष्ट्रिय फिल्म पुरस्कार कार्यक्रममा उक्त घोषणा भएको हो। 

गुजरातको कच्छ क्षेत्रमाथि बनेको ‘हेलारो’ को निर्देशन अभिषेक शाहले गरेका हुन्। यो फिल्म महिला सशक्तिकरणको पृष्ठभूमिमा बनेको छ। उक्त फिल्मले विशेष जूरी पुरस्कार पनि पाएको छ। 

‘उरीः द सर्जिकल स्ट्राइक’ का लागि आदित्य धरलाई उनको पहिलो फिल्मका लागि सर्वोत्कृष्ट निर्देशकको पुरस्कार दिइयो। 

तेलुगु फिल्म ‘महानती’ मा पुरानो जमानाकी सुपरस्टार सावित्रीको भूमिका निर्वाह गर्ने कीर्ति सुरेशले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्।

आयुष्मानले ‘अंधाधुन’ मा दृष्टिहीन पियानोवादकको भूमिका गरेका छन् भने ‘उरी’ मा विकी कौशल एक सैन्य अधिकारीको भूमिकामा छन्। यो फिल्म उरीमा आतंकवादी आक्रमणपछि सेप्टेम्बर २०१६ मा भएको सर्जिकल स्ट्राइकको पृष्ठभूमिमा बनेको हो। 

‘अंधाधुन’ ले सर्वोत्कृष्ट हिन्दी फिल्म र सर्वोत्कृष्ट अनुदित पटकथाको पुरस्कार पनि प्राप्त गरेको छ। अंधाधुनका निर्देशक श्रीराम राघवन हुन्।

त्यस्तै आयुष्मान खुराना अभिनित ‘बधाई हो’ ले सर्वश्रेष्ठ लोकप्रिय फिल्मको पुरस्कार प्राप्त गरेको छ। यही फिल्मका लागि सुरेखा सीकरीले सर्वोत्कृष्ट सहअभिनेत्रीको पुरस्कार पनि प्राप्त गरेकी छन्। 

अक्षयकुमार अभिनित ‘प्याडम्यान’ लाई सामाजिक मुद्दामा बनेको सर्वोत्कृष्ट फिल्म घोषित गरिएको छ। 

सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावत’ को गीत ‘घुमर’ का लागि ज्योति तमोरले सर्वश्रेष्ठ कोरियोग्राफरको पुरस्कार पाएकी छन्। यसै फिल्मका लागि भंसालीले सर्वोत्कृष्ट संगीत निर्देशकको पुरस्कार पाए। ‘पद्मावत’ को गीत ‘बिंते दिल’ का लागि अरिजीत सिंहलाई सर्वोत्कृष्ट पाश्र्व  गायकको पुरस्कार दिइयो। 

भारतको फिल्म समारोह निर्देशनालयले दिने राष्ट्रिय फिल्म पुरस्कार भारतीय चलचित्र क्षेत्रमा प्रदान गरिने सर्वोच्च पुरस्कार मानिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्