बिहीबार, वैशाख ३, २०८३

मार्सेलोको रियल मोह, भन्छन् : कहिल्यै छोड्दीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी– ब्राजिलियन तथा रियल मड्रिडका लेफ्ट–ब्याक मार्सेलोले रियललाई विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै मार्सेलोले रियल विश्वकै उत्कृष्ट क्लब भएको बताएका हुन्।
 
गत वर्ष स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएसँगै मार्सेलोलाई पनि युभेन्ट्स प्रस्थान गर्ने अनुमान गरिएको थियो। किनकी, रोनाल्डो र मार्सेलो टिम सहकर्मी मात्र नभई एक असल मित्र पनि हुन्।

‘मेरो दिमाकमा यो विचार आएन की मैले युभेन्ट्स जानु पर्छ भनेर। म सधै रियल र रियलबासीसँग जोडिएको छु।’, मार्सेलोले भने, ‘गत वर्ष मलाई समर्थकहरुले प्रायः इटालियन क्लबसँग जोडेका थिए। तर, त्यो मात्र अफवा थियो। सत्य भने, रियल प्रतिको मेरो माया हो। यो मेरो घर हो र रियल विश्वकै उत्कृष्ट क्लब हो।’

‘जब तपाई रियलसँग सम्झौता गर्नु हुन्छ। तब तपाई सोच्नु हुन्छ की अब क्बल फुटबलका सबै उपाधि जित्न सक्छु।’, मार्सेलोले भने, ‘यि वर्षहरुमा रियलले युरोपमा जुन रेकर्ड बनाएको छ, त्यो आश्चर्य चकित पार्ने खालका छन्। हामीले जे जित्यौं त्यो रियलको महानताको परिणाम हो।’ उनले अगाडि थपे, ‘हामीले जुन विनम्रताका साथ खेल खेलेका छौं, त्यसले झनै हामीलाई अन्य कलब भन्दा पृथक बनाएको छ। कोही पनि हामीलाई आफ्नो आवश्यकता सोच्न सक्दछन् किनकी हामी सक्षम र मजबुद छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।