एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल युइएफए च्यामिपयन्स लिग सिजन २०१८-१९ को उत्कृष्ट घोषित भएकोछ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्ध गरेको गोल नै ‘युईएफए गोल अफ दि सिजन’को उत्कृष्ट घोषित भएको हो ।
युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युइएफएले शुक्रबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’को अवार्ड मेस्सीले जितेका हुन् । सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल नै युइएफए च्यामिपयन्स लिग सिजन २०१८-१९ को उत्कृष्ट भएको हो ।
उक्त खेलमा बार्सिलोना ३-० ले विजयी भएको थियो । यस अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोसहित मनोनयनमा परेका १० खेलाडीको गोललाई पछि पारेका हुन् । मेस्सीको गोल समर्थकहरुको भोटका आधारमा उत्कृष्ट भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४