बिहीबार, वैशाख ३, २०८३

नेपालले पहिलो खेल कुवेतमै खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कप २०२३ को छनोट अन्तर्गतको पहिलो खेल नेपालले कुवेतमै खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार नेपालले छनोटका पहिला खेल कुवेतमै खेल्ने जानकारी दिएको हो । 

यसअघि उक्त खेल नेपालको घरेलु मैदानमा आयोजना गर्नु पर्ने तय भएको थियो । खेल ५ सेप्टेम्बरमा कुवेत हुने छ । यससँगै कुवेतमा हुने भनिएको नेपालको अवे खेल भने अब घरेलु मैदानमा हुने पक्का भएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ । 

एन्फाले नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुननिर्माण कार्य भइरहेकाले एन्फाले सुरुवाती होम खेललाई अवेका आरुपमा खेल्न कुवेत, चाइनिज ताइपेइ र जोर्डनसमक्ष अनुरोध गरेको थियो । 

कुवेतबाहेक चाइनिज ताइपेइ र जोर्डनले  सुरुमै अवे खेलको लागि एन्फाको अनुरोध स्वीकारेपनि कुवेतले इन्कार गरिरहेको थियो । तर, शुक्रबार बिहान कुवेतले एन्फाको अनुरोधलाई स्वीकारेको हो ।

योसँगै छनोटको चार वटै खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने भएको छ । यसअघि कुवेतसँगको दुवै खेल कुवेतको मैदानमा खेल्ने तालिका बनेपछि नेपालले ३ खेल मात्र घरेलु मैदानमा खेल्ने तय भएको थियो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।