बिहीबार, वैशाख ३, २०८३

बार्यनसँग एगर्न २३-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लब मैत्रीपूर्ण खेलमा तल्लो श्रेणीको जर्मन क्लब रोताक एगर्नलाई २३-० ले पराजित गरेको छ । बिहीबार राती भएको खेलमा बार्यनका १० खेलाडीने नै गोल गर्दै एगर्नलाई २३-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

बार्यनको जितका लागि ५ खेलाडीले ह्याट्रिक पूरा गरे । मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गरे । उनले ३८, ४० ४१ र ४२ मिनेटमा गोल गरे । रोबर्टो लेवानडोस्कीले ९, १६ र २९ मिनेटमा गोल गर्दा थोमस मुलरले ४९, ६१ र ८८ मिनेटमा गोल गरे । 

क्वासी ओकेरे ५५, ७७, ८३ र  लियोन गोरेट्जकाले ६३, ६७, ७९ मिनेटमा ह्याट्रिक पुरा गरे । बायर्नले खेलको छैटौं मिनेटमा रेनाटो सान्चेसको गोलमा अग्रता लिएको थियो । त्यसको एक मिनेटमा नै लिओन जुआकुले अग्रता दोब्बर पारे ।

सान्चेसले २० औं तथा सर्ज गनाब्रीले ३४ औं मिनेटमा गोल गरे । पहिलो हाफमा ११-० को अग्रता लिदा दोस्रो हफमा थप ११ गोल र एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो । 

७३ औं मिनेटमा लार्स दिट्रिकले आत्मघाती गोल गरेका थिए । गत सिजन यसै टोलीविरुद्ध बायर्नले मैत्रीपूर्ण खेलमा २०-२ को जित निकालेको थियो ।
View image on Twitter
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।