बिहीबार, वैशाख ३, २०८३

टोरन्टो बाहिरियो, सन्दीपको दुई विकेट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टि-२० एलिमिनेटरबाट बाहिरिएको छ ।

शुक्रबार भएको खेलमा खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो । 

यस खेलको सुरुवाती ११ मा नेपाली अलराउन्डर सोमपाल कामी अटाउन सकेका थिएनन् । टोरेन्टोले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको विनिपेगले १७.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय १ रन जोड्दा खेल रोकियो । 

विनिपेगको लागि जेपी ड्युमिनीले सर्वा्धिक ८५ रनको योगदान दिए । उनले ४१ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरे । सन्नी सोहालले २९ बलमा ३६ रन जोडे । 

कप्तान रियाद एम्रितले १५ बलमा नटआउट ३३ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे । क्रिस लिनले २१ रन जोड्दा अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।टोरेन्टोका लागि सन्दीप लामिछानेले दुई तथा पोलार्ड, गोर्डन र ग्रीनले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । टोरन्टोका लागि हेनरिक क्लासेनले शतक प्रहार गरे । 

क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्कासहित १ सय ६ रनमा नटआउट रहे । ओपनर रोड्रीगो थोमसले ४० बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।