बिहीबार, वैशाख ३, २०८३

भारतविरुद्ध गेललाई ब्रायन लाराको रेकर्ड तोड्ने अवसर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि वेस्टइन्डिज टोलीमा फर्किएका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई ब्रायन लाराको रेकर्ड तोड्ने सुनौलो अवसर रहेको छ । बिहीबार सुरु हुने एकदिवसीय सिरिजका लागि गेल टोलीमा फर्किएका हुन् । 

उनले भारतविरुद्धको पहिलो खेलमा नै लाराको रेकर्ड तोड्ने सम्भावना प्रवल रहेको छ । यो रेकर्ड तोडे गेल वेस्टइन्डिजका लागि एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्ने छन् । उक्त रेकर्डका लागि गेललाई मात्र ११ रनको आवस्यकता छ । गेलले हालसम्म २९५ एकदिवसीयमा ३८.१४ को औसतमा १० हजार ३३८ रन बनाएका छन् । 

वेस्टइन्डिजका महान ब्याट्सम्यान लाराले समान एकदिवसीयमा ४०.९० को औसतमा १० हजार ३४८ रन जोडेका छन् । तर, एकदिवसीयमा शतक बनाउने खेलाडीमा गेल लारा भन्दा अगाडि छन् । लाराले एकदिवसीयमा १९ शतक बनाएका छन् भने गेलले २५ शतक बनाएका छन् । 

त्यस्तै गेलले एकदिवसीयमा एक दोहोरो शतक पनि बनाएका छन् । इंग्ल्यान्ड विश्वकपपछि एकदिवसीयबाट सन्यास लिने बताइएका गेलले भारतविरुद्धको सिरिजपछि एकदिवसीयबाट सन्यास लिन सक्ने अनुमान गरिएकाे छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।