काठमाडौं- घरेलु मैदामा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय टोलीको टुङ्गो लगाएको छ । बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट एभिसी सेन्ट्रल जोन खेल्ने १४ सदस्सीय टोलीको टुङ्गो लागेको हो ।
यस टोलीमा ३ नयाँ खेलाडीले आफ्नो स्थान बनाएका छन् । नेपाली टिममा पहिलो पटक स्थान बनाउने खेलाडीमा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र बिष्ट, आर्मीका क्विकर दुर्गा बहादुर खड्का र एपीएफका ओपन स्पाइकर टेकराज अवस्थी रहेका छन् । त्यस्तै राजु शेरचन, दुर्गा महतो, द्वारिका थापा र सारान समरी भने टिमबाट बाहिरिएका छन् ।
प्रतियोगिता भदौ २ देखी ७ गतेसम्म आयोजना हुने छ । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल भलिबल संघले टिमको औपचारिक घोषणा भने आइतबार गर्ने जनाएको छ ।
नेपाली टिम
ईम बहादुर राना मगर (कप्तान)
कुलबहादुर थापा (उपकप्तान)
दिपक राज जोशी
धनबहादुर भट्ट
विशाल विक
राजेन्द्र विष्ट
टेकराज अवस्थी
हरिबहादुर अधिकारी
दुर्गा बहादुर खड्का
नरेन्द्र गिरी
इश्वर थापा मगर
राजकुमार निरौला
हरिहजुर थापा
विनोद बहादुर चन्द
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४