शनिबार, चैत ७, २०८२

पाकिस्तानमा बलिउड फिल्ममाथि प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारतले संविधानको धारा ३७० खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विशेषाधिकार हटाईदिएपछि भारतसँग आक्रोशित बनेको पाकिस्तानले एकपछि अर्को गर्दै भारतसँगका सेवा आदानप्रदान कटौति गरेको छ।

यही शिलशिलामा पाकिस्तानले बलिउड चलचित्रहरु पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाएको छ।

यसअघि पनि भारत र पाकिस्तानबीच विभिन्न समयमा हुने गरेका द्वन्द्वका क्रममा पाकिस्तानले बलिउड चलचित्र प्रदर्शनमा रोक लगाउने गरेको थियो। 

पाकिस्तानी चलचित्र उद्योग धरासायी बनेपछि त्यहाँ बलिउडकै चलचित्रहरु प्रदर्शन हुने गरेकोमा पाकिस्तानमाथि आक्षेप लगाइएका चलचित्रहरु भने बेलाबखत प्रतिबन्धमा पर्ने गरेका थिए।

यसका साथै पाकिस्तानले भारतसँग आफ्नो व्यापारिक र कुटनीतिक सम्बन्धलाई घटाउँदै जाने निर्णय गरेको छ। दुबै देशको बीचमा चल्ने सम्झौता एक्सप्रेसको सेवा पनि पाकिस्तानले रोकिदिएको छ।

पाकिस्तानले सम्झौता एक्सप्रेसलाई वाघा सीमामा रोकिदिएको छ।

रेलका सुरक्षा गार्डहरुले सुरक्षाको कारण देखाउँदै सम्झौता रेललाई अटारी लैजान सम्भव नभएको बताएका छन्।

तर भारतको उत्तरी रेलवेले भने सुरक्षाको कुनै खतरा नरहेको दाबी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।