बिहीबार, साउन २८, २०८३

एसिया कप खेल्ने टोलीको प्रशिक्षण सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अर्को महिना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ।  
    
काठमाडौंमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण सुरु गरिएको हो। एक महिना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एसिया कपमा स्थान बनाएको थियो। 

नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र सुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिए। उनले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण सुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण सुरु गर्ने बताए।

यसअघि यही साउन २१ गते मङ्गलबारदेखि प्रशिक्षण गर्ने भनिएता पनि एसियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो। एसिसी इस्टर्न रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ।
    
आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना हुने एसिसी यू–१९ एसिया कपमा एसियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन्। जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। 

गत असारमा मलेसियामा सम्पन्न इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै एसिया कपको यात्रा तय गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।